24/7 Customer Support
Opens 7 days a week as per needs
Duwakot Mode, Near Kaasankhushi Bridge
दुर्घटना सचेतना सम्बन्धी ज्ञान
1 / 42
कस्तो अवस्थामा क्लच दबाएर गाडी चलाउँदा खतरा हुन्छ ?
क) ओरालोमा
ख) बढी स्पिडमा
ग) मोडमा
घ) माथिका सबै
2 / 42
टी जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
क) दायाँ बायाँका सवारी पास हुन दिने
ख) सवारी रोक्ने
ग) गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने
3 / 42
बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ति बाल्नुपर्दछ ?
क) हेडलाईट
ख) ब्रेक लाईट
ग) फग लाईट
घ) साईड लाईट
4 / 42
उकालोमा गाडी रोक्दा के के गर्नुपर्दछ ?
क) ओट लगाउने
ख) पहिलो गियरमा राख्ने
ग) हेण्डब्रेक लगाउने
5 / 42
सवारी साधन दायाँ मोड्दा के गर्नुपर्दछ ?
क) बायाँ साईडलाईट दिई मोड्दा
ख) हेडलाईट बाली मोड्ने
ग) दायाँ साइडलाईट दिई मोड्ने
घ) माथिका कुनै पनि होइन
6 / 42
जेब्रा क्रसिङमा के गर्नु हुँदैन ?
क) सवारी तिव्र गतिमा चलाउन
ख) ट्राफिक प्रहरी उभिन
ग) सवारी साधन रोक्न
7 / 42
पानी परेको बखत सवारी चलाउँदा के कुराको डर हुन्छ ?
क) गाडीको चक्का चिप्लने
ख) भनेको बेला ब्रेक नलाग्ने
ग) पैदलयात्रुलाई हिलो छ्यापिन सक्ने
8 / 42
दुर्घटनामा परेको घाइतेलाई तुरुन्त कुनै खानेकुरा खान दिन हुन्छ कि हुँदैन ?
क) हुन्छ
ख) हुँदैन
ग) घाइतेको इच्छा अनुसार गर्ने
घ) घटनामा उपस्थित व्यक्तिहरुसँग सल्लाह गरी दिने
9 / 42
सिटबेल्ट किन प्रयोग गर्नुपर्छ ?
क) आरामको लागि
ख) जरिवानाबाट बच्न
ग) सुरक्षित यात्राको लागि
घ) माथिका कुनै पनि होईन
10 / 42
मादक पदार्थ सेवन गरी सवारी चलाएमा के हुन्छ ?
क) दुर्घटना हुन सक्छ
ख) जरिवाना हुन्छ
ग) माथिका दुवै
घ) रमाइलो हुन्छ
11 / 42
टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ ?
क) लो गियरमा चलाउने
ख) स्पिड कम गर्ने
ग) टर्निङ अगाडी नै २-३ पटक हर्न बजाउने
12 / 42
सवारी चालकको अवस्था देहायका मध्ये कस्तो हुनु जरुरी हुन्छ ?
क) देख्ने शक्ति राम्रो भएको
ख) नथाकेको
ग) मदिरा सेवन नगरेको
13 / 42
एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भावना हुन्छ ?
क) अगाडीबाट आइरहेको गाडीसँग
ख) दायाँबाट आएको गाडीसँग
ग) बायाँबाट आएको गाडीसँग
घ) पछाडिबाट आएको गाडीसँग
14 / 42
सवारी दुर्घटना हुनाको कारण के हो ?
क) मानवीय गल्ती
ख) मेशिनको गल्ती
ग) सडकको दुरावस्था
15 / 42
सवारी ब्याक गर्दा के गर्न पर्छ ?
क) इन्जिन रेस गर्ने
ख) रियरभ्यू मिररद्वारा पछाडि सवारी/पदयात्री छ, छैन हेर्ने
ग) गाडी रोकी झरेर पछाडि हेर्ने
घ) हर्न बजाउने
16 / 42
साईड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ ?
क) स्पिडमा गाडी ल्याएर पस्ने
ख) मेनरोडको बीचमा गाडी रोक्ने
ग) सिग्नल दिंदै सुरक्षित गतिमा प्रवेश गर्ने
घ) सिग्नल नदिई पस्ने
17 / 42
सवारी रोक्दा कस्तो ठाउँमा रोक्नु पर्दछ ?
क) बस स्टप नजैक
ख) भीडभाड भएको ठाउँमा
ग) पार्किङ लेखिएको ठाउँमा
घ) सडकको बीचमा
18 / 42
सवारीको यान्त्रिक अवस्था ठिक नभएमा सवारी चालकले सर्वप्रथम कसलाई जानकारी गराउनु पर्छ ?
क) ट्राफिक प्रहरी
ख) नजिकको प्रहरी कार्यालय
ग) सवारी धनी वा व्यवस्थापक
घ) जिल्ला प्रशासन कार्यालय
19 / 42
सवारी चलाउँदा चालकको अवस्था कस्तो हुनु जरुरी छ ?
क) सफा लुगा लगाएको
ख) लागू पदार्थ सेवन नगरेको
ग) जुत्ता लगाएको
घ) रातभर नसुतेको
20 / 42
लुकिङ ग्लास कुन बखत हेर्नु पर्दछ ?
क) ओभरटेक गर्दा
ख) व्याक गर्दा
ग) दायाँबायाँ मोड्दा
21 / 42
बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा सवारी चलाउनुपर्दछ ?
क) एक गियरमा
ख) दुई गियरमा
ग) तीन गियरमा
घ) चार गियरमा
22 / 42
पछाडि आएको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नुपर्छ ?
क) आफ्नो सवारीको गति बढाउने
ख) आफ्नो सवारी स्लो गरी साईड दिने
ग) हर्न बजाउने
घ) केही नगर्ने
23 / 42
रातको समयमा गाडी पार्क गर्दा बालिने लाईट कुन हो ?
क) हेड लाईट
ख) साईड लाईट
ग) पार्किङ लाइट
घ) कुनै पनि होइन
24 / 42
सवारी चलाउँदा के गर्नु हुँदैन ?
क) मोबाईलमा कुरा गर्नु हुँदैन
ख) मादक पदार्थ सेवन गर्नु हुँदैन
ग) यात्रुसँग झगडा गर्नु हुँदैन
25 / 42
दिनमा भन्दा रातमा किन दुर्घटनाको सम्भावना बढी हुन्छ ?
क) बढी गति र भिजिबिलिटी कम हुनाले
ख) बढी सवारी गुड्ने हुनाले
ग) यात्रुहरुले मादक पदार्थ सेवन गर्नाले
घ) माथिका कुनै पनि होइनन्
26 / 42
दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्सजन दिनुपर्दछ ?
क) सामान्य
ख) रगत बगिरहेको
ग) बेहोस अवस्थामा रहेको
घ) होसमा रहेको
27 / 42
ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?
क) बायाँबाट
ख) दायाँबाट
ग) दुवै साईडबाट
घ) कुनै साईडबाट पनि होइन
28 / 42
गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दछ ?
क) दायाँबाट आउनेलाई
ख) बायाँबाट आउनेलाई
ग) पछाडिबाट आउनेलाई
29 / 42
सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा नगर्नु राम्रो मानिन्छ ?
क) मुसलधारे पानी परेको बेला
ख) बाक्लो हिउँ परेको समयमा
ग) बाक्लो कुहिरो लागेको समयमा
30 / 42
सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ ?
क) राम्रो देखाउन
ख) ट्राफिक प्रहरीको कारवाहीबाट बच्न
ग) दुर्घटना भए कम क्षति होस् भनेर
31 / 42
मानिसले बाटो काट्न लागेको समयमा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
क) हातले ईशा गर्ने
ख) सवारीको गति बढाउने
ग) सवारी फर्काउने
घ) सवारीको गति कम गरी बाटो काट्न दिने
32 / 42
बाक्लो बस्ती भएको इलाकामा प्रति घण्टा कति गतिमा सवारी चलाउनुपर्छ ?
क) ४० किलोमिटर भन्दा कम
ख) ५० किलोमिटर भन्दा कम
ग) ३५ किलोमिटर भन्दा कम
घ) माथिका सबै दुवै
33 / 42
जेब्रा क्रसिङ के का लागि बनाईएको हुन्छ ?
क) सवारीले सडक पार गर्न
ख) सवारी साधन रोक्न
ग) जनावरले सडक पार गर्न
घ) पैदल यात्रुले सडक पार गर्न
34 / 42
कस्तो ठाउँमा सवारीको गति कम गर्नुपर्छ ?
क) विद्यालय क्षेत्र
ख) बाक्लो बस्ती भएको ठाउँ
ग) चौबाटो
35 / 42
जेब्रा क्रसिङ सडकको कुन भागमा राखिन्छ ?
क) मुख्य चोकमा
ख) सबै चोकमा
ग) चोक बाहेक अन्यत्र
36 / 42
कस्तो अवस्थामा सवारी साधन रोक्नु पर्दछ ?
क) दोबाटो चौबाटोमा ट्राफिक बत्तीले रोक्ने संकेत गरेमा
ख) जेब्रा क्रसिङ मानिस ओहोर दोहोर गरेको ठाउँमा
ग) ट्राफिक प्रहरीले रोक्न संकेत गरेमा
37 / 42
रातो ट्राफिक लाईटको अर्थ के हो ?
क) सतर्क हुने संकेत
ख) सवारी साधन रोक्ने संकेत
ग) सुरक्षित हुने संकेत
38 / 42
सवारीलाई मोड्दा कुन लाईट बाल्नुपर्छ ?
क) फग लाईट
ख) हेड लाईट
ग) ब्रेक लाईट
घ) साइड लाईट
39 / 42
विरामीलाई अस्पतालसम्म लैजाने सवारी कुन हो ?
क) दमकल
ख) एम्बुलेन्स
ग) शववाहन
घ) ट्याक्सी
40 / 42
गाडी रोकेपछि कुन साइडबाट ओर्लनु पर्छ ?
क) बायाँवाट
ग) पछाडिबाट
घ) अगाडिबाट
41 / 42
प्राथमिक उपचार भन्नाले के बुझिन्छ ?
क) हत्तपत्त उठाएर अस्पताल लैजाने
ख) सामान्य चोटपटक लागेको ठाउंमा मल्हमपट्टी गर्ने
ग) डाक्टर नभएको भए डाक्टर वोलाउने
42 / 42
दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नु पर्दछ ?
क) अस्पताल लैजानुपर्छ
ख) प्राथमिक उपचार गर्नुपर्दछ
ग) भिडबाट अलग गर्नुपर्दछ
घ) केही गर्नु पर्दैन
Your score is
The average score is 0%
Restart quiz
Cart